नेपाली टेनिस टिम बहराइनको इसा टाउनमा भइरहेको डेभिस कप टेनिसको प्लेअफमा पुगेको छ ।

मानामास्थित पोलिटेक्निक युनिभर्सिटीको कोर्टमा शुक्रबार नेपालले ब्रुनाईविरुद्ध ३-० को जित निकालेको थियो । यसअघि नेपालले बुधबार ग्वामविरुद्ध २-१ को नतिजा निकालेको हो ।

नेपालले शुक्रबार तीनै खेलमा जित पाएको थियो, त्यस दुई सिंगल र एक डबल्स खेल जित्यो । सिंगल्सतर्फ नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोला र प्रदीप खड्काले दुवैले बुनाईका विपक्षी खेलाडीलाई ६-०, ६-० को सेटमा हराएका थिए ।

डबल्सतर्फ पनि अभिषेक र प्रदीपको जोडीले ब्रुनाईको जोडीलाई हराएको थियो । एसिया/ओसियाना क्षेत्रको प्रतिस्पर्धामा रहेको नेपालले अब प्लेअफमा बहराइनसँग खेल्नेछ । यो खेल जिते नेपाल माथिल्लो डिभिजनमा उक्लने छ। नेपालको यो दोस्रो डेभिस कप सहभागिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *