जेटिआइ जुनियर टेनिस प्रतियोगितामा यु-१४ सिंगल्सको गर्ल्समा शिभाली गुरुङ र ब्वाइजमा वृजेश अर्याल च्याम्पियन बनेका छन् ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा मंगलबार भएको गर्ल्सको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका बिष्टलाई ७-६,६-४ को सोझो सेटमा हराइन् ।

ब्वाइज फाइनलमा वृजेशले असभसम्राट हाडालाई ३-६, ६-१, ६-१ को सेटमा पराजित गरे ।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-९ ब्वाइज सिंगल्स फाइनलमा कायन चालिसेले साहन्श बस्न्यातलाई ४-२, ५-४ ले हराउदै उपाधि जिते ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको यु-१० ब्वाइज सिंगल्सको फाइनलमा सभ्यजंग कार्कीले भिरल अग्रवाललाई ६-२,६-१ ले हराए । सो स्पर्धाको गर्ल्समा सरा पन्तले नाइरा घलेमाथि ६-१,६-२ को जित दर्ता गर्दै उपाधि चुमिन् ।

यु-१२ सिंगल्सको ब्वाइजमा विश्व डल्लाकोटी तथा गर्ल्समा आयुशा जिसीले उपाधि जित। विश्वले सुजन कुईकेललाई ६-१, ६-३ तथा आयुशाले सरा पन्तलाई ७-५,६-२ को सोझो सेटमा पराजित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *