एटिपी फाइनल्सको महिला एकलतर्फ अमेरिकाकी कोको गौफले उपाधि हात पारेकी छन् । 

साउदी अरेबियामा सम्पन्न फाइनलमा ओलम्पिक स्वर्ण पदक विजेता चाइनिज स्टार झेङ किन्वेनलाई २-१ को सेटमा पराजित गर्दै २० वर्षीय गौफले उपाधि हासिल गरेकी हुन् ।

करिब ३ घन्टा चलेको खेलको पहिलो सेट ३-६ ले गुमाएकी गौफले त्यसपछिका दुई सेट ६-४, ७-६ (७-२) ले आफ्नो पक्षमा पारिन् ।

‘यो मेरो करिअरकै उत्कृष्ट खेल थियो । पहिलो सेट गुमाए पनि म निरास भइन् । मैले आफ्नो शतप्रतिश दिएँ,’ गौफले खेलपछि भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *