युरोपियन नेसन्स लिगमा पोर्चुगलले पोल्यान्डलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा पोर्चुगलले ३-१ को अन्तरले पराजित गरेको हो। जारी प्रतियोगितामा यो पोर्चुगलको लगातार तेस्रो जित हो ।
पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र क्रिष्टियानो रोनाल्डोले गोल गरे । जान बेडनारेकले आत्माघाति गोल गरेका थिए । यता पोल्यान्डको लागि पिओर्ट जिलिन्स्कीले गरेको गोल सान्त्वना बन्यो ।
जितसँगै समूह ए को १ मा ९ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ । क्रोएसिया ६ अंकसहित दोस्रो र पोल्यान्ड ३ अंकसहित तेस्रो तथा बिना अंक स्कटल्यान्ड पुछारमा छ ।
