नेपालमा जारी साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सोमबार भएको खेलमा भुटानले श्रीलंकालाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

जितसँँगै दुई खेलबाट चार अंक जोडेको भुटान समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले पहिलो खेलमा घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई जित दिलाउन देकी लाजाेमले दुई तथा देर्जी एडोन र नामगेल देमाले समान एक गोल गरे । श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाको गोल सान्त्वना बन्यो ।

पराजित श्रीलंकाको यो पहिलो हार हो । पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो ।

सोमबार दिनको दोस्रो खेलमा आयोजक नेपालले माल्दिभ्ससँग खेल्दैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *