पथरी | न्यु स्टार कप फुटबल प्रतियोगीताको शनिवारको खेलमा कानेपोखरीको शिवालय फुटबल क्लब बिजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।
मोरङ्गको पथरीशनिश्चरे ७ किर्तिपुरमा भएको खेलमा शिवालयले आयोजक न्यु स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
शिवालयकातर्फ बाट असिम राईले दुई गोल गरे । राई खेलको म्यान अफ दि म्याच घोषित भए ।
सोमवार हुने खेलमा केलाङ स्पोर्टिङ क्लब र वाई फुटबल क्लबबीच हुनेछ ।
