अर्जुन काफ्ले, पथरी | मोरङ्गको पथरीशनिश्चरे ७ किर्तिपुरमा न्यु स्टार कप फुटबल प्रतियोगीता सुरु भएको छ । शुक्रवार भएको खेलमा उर्लावारीको चाँदनी फुटबल क्लव र पथरीको हनुमान युनाइटेड विजयी भएका छन् ।
शुक्रवारको पहिलो खेलमा चाँदनीले हसन्दह स्पोटिङ्ग क्लबमाथि ५–० गोल अन्तरको जित निकाल्दा पथरीको हनुमान युनाइटेडले राइजिङ्ग स्टार फुटबल क्लवमाथि ७–० गोल अन्तरको फराकिलो जित दर्ता गर्यो ।
पहिलो खेलमा चाँदनीका विशाल राईले एक्लै ५ गोल गर्न सफल भए । राई नै पहिलो खेलको म्यान अफ दि म्याच घोषित भए ।
दोश्रो खेलमा हनुमान युनाइटेड राइजिङ्ग माथी हाबी वन्यो । हनुमान युनाइटेडका अकित लिम्बुले २ गोल गर्दा सुवास तामाङ,सनम तामाङ, सन्जीव श्रेष्ठ, रविन राई र सन्तोष राईले १–१ गोल गरे । खेलको म्यान अफ दि म्याच हनुमान युनाइटेडका सुवास तामाङ्ग घोषित भए । शनिवार हुने पहिलो खेलमा कुसल युनाइटेड र पुल चोक फुटबल क्लब र दोस्रो खेल रमाइलो युवा क्लव र न्यु स्टार फुटबल क्लव विच हुनेछ ।
