अर्जुन काफ्ले, पथरी

प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८१ सञ्चालनबाट १० लाख ८३ हजार ७७७ रुपैयाँ बचत भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै गोल्डकपको आयोजक पथरी–११ फुटबल क्लबले फुटबल प्रतियोगिता मार्फत बचत भएको रकम क्लबका सहभागि हुने प्रतियोगिता र क्लब बिकाशमा लगाउने खेल संयोजक जितन राईले जानकारी दिए । राईका अनुसार थप दुई लाख सात हजार ५ सय रुपियाँ सङ्कलन हुन बाँकी रहेको छ ।

उक्त रकम सङ्कलन भएपछि बचत रकम बढ्ने राईले बताए । ४७ लाख ६४ हजार तीन ३६ रुपैयाको आय ब्यय प्रस्तुत गर्दै संयोजक राईले सङ्कलित रकममा ७५ प्रतिशत सहयोग विदेशमा पसिना बगाइरहेका खेलप्रेमी नेपालीको रहेको जानकारी गराए ।

गोल्डकपलाई पथरीशनिश्चरे नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । क्लबका कोषाध्यक्ष मोहनकुमार श्रेष्ठले नगरमा राम्रो प्याराफिट हुने हो भने टिकटबाट नै राम्रो आर्थिक सङ्कलन हुने जानकारी दिए । असोज ५ बाट सन्चालन भएको सो गोल्डकप असोज १२ मा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *