दशैंं अगाडी फुटबलमय बन्दै पथरी

२०८१, २२ आश्विन मंगलवार ११:०२

अर्जुन काफ्ले, पथरी

दशैंको बिदा पारेर फुटबल प्रतियोगीता आयोजना हुन थालेका छन् । स्थानिय खेलाडीलाई त्यस्ता प्रतियोगीताले खेल कौशल प्रर्दशन गर्ने अवसर मिल्छ भने केहि रकम समेत कमाउन पाउछन् । स्थानिय स्तरमा हुने फुटवलका प्रतियोगीतालाई ठुलो मिडीया कभरेज नमिले पनि हेर्ने दर्शकको भने कमि हुदैन् । खेतीपातीबाट फुर्सद भएका देखि चाड मनाउन घर आएका सम्म त्यस्ता प्रतियोगीताबाट मनोरञ्जन लिन आइपुग्छन् ।

पथरीशनिश्चरे नगरमा मात्रै यस अवधिमा तिन वटा फुटवल प्रतियोगीता सञ्चालनमा रहेका छन् । दशैको नवमी सम्ममा फुटवल प्रतियोगीताको फाइनल सक्नु पर्ने भएकाले आयोजकले एकै दिन २ देखी ३ वटा म्याच सञ्चालन गर्ने गरेका स्थानिय सञ्चारकर्मी छवि ढकाल बताउछन् । ढकाल भन्छन् ‘सवै संग भेटघाट गराउने माध्यम पनि यस्ता फुटबल प्रतियोगिता हुने गरेका छन्’ ।

सोमवारबाट स्थानिय शान्ती युवा क्लवको आयोजनामा खुल्ला नकआउट फुटबल प्रतियोगीता सुरु भएको छ ।

आजको खेलमा शान्ती युवा क्लव र राइजिङ्ग स्पोटिङ्ग क्लब विजयी भए । शान्ति युवा क्लवले आम्वारी युवा क्लव लाई ५–० को फराकिलो जित निकाल्यो । शान्तिकालागि ए डिभिजन क्लवबाट खेलिसकेको खेलाडी मिन धिमालले र भिम भुजेलले समान २ गोल गर्दा सन्देश राईले १ गोल गरे ।

दोश्रो खेलमा शान्ती युवा क्लवको निलो टिमलाई राइजिङ्ग स्पोटिङ्ग क्लबले १–० गोल अन्तरले पराजित गर्यो । राइजिङ्गका लागी रुपेश राईले गोल गरे ।

क्वाटरफाइनल प्रवेश गरेको शान्ती सेमिफाइन प्रवेशकालागि मंगलबार केलाङ्ग एफसिसँग भिडनेछ भने वुद्ध चौक र सिरीजंघा सेम फाइनल प्रवेशकालागि प्रतिष्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *