जर्मनीले नेदरल्याण्ड्सलाई १-० गोल अन्तरले पराजित गर्दै यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

मंगलबार विहान सम्पन्न खेलमा युवा खेलाडी जेमी लुएलिङले खेलको दोस्रो मिनेटमै गोल गरे पनि विवादास्पद निर्णयका कारण उक्त गोल मान्यता पाएन । लुएलिङले नै ६४ औं मिनेटमा गरेको एकमात्र गोल नै जर्मनीका लागि ३ अंक दिलाउन पर्याप्त रह्यो ।

यहि समूहको अर्को खेलमा हंगेरीले कप्तान डोमिनिक सोबोस्जलाईको दुई गोलको मद्दतमा बोस्निया हर्जेगोभिनालाई २-० ले पराजित गरेको छ ।

समूह ए को ३ मा जर्मनी १० अंकसहित समूहको शीर्ष स्थानमा छ । नेदरल्यान्डस् र हङ्गेरी समान ५ अंंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंक तालिकाको पुछारमा रहेको बोस्निया जित बिहिन छ ।

यस समूहबाट दोस्रो हुने टोलीले पनि क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *