यूईएफए नेसन्स लिगमा भ्रमणकारी टोली फ्रान्सले घरेलु टोली बेल्जियमलाई २-१ ले पराजित गरेको छ ।

बेल्जियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले दुई गोल गरेका थिए । बेल्जियमका लोइस ओपेन्डाले एक गोल फर्काएका थिए

खेलको ७६औं मिनेटमा औरेलिअन टिचौमेनीले रातो कार्ड पाएपनि बेल्जियमले त्यसको फाइदा उठाउन सकेन । खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो ।

खेलमा केलिएन एम्बाप्पेलाई भने विश्राम दिइएको थियो । औसमाने डेम्बेले भने गोलविहिन भए ।

यसै समूहको अर्को खेलमा इटालीले इजरायललाई ४-१ ले हराएको छ । इटालीको जितमा जियोभानी डी लोरेन्जोले दुई गोल गरे भने माटेओ रेटेगी र डाभिडे फ्राटेसीले पनि गोल गर्दै इटालीलाई सहज जित दिलाए ।

इजरायलको तर्फ बाट मोहम्मद अबु फानीले कर्नरबाट सिधै गोल गरे ।

समूह ए को २ मा इटालीको ४ खेलबाट १० अंक रहेको छ । इटाली शीर्ष स्थानमा रहँदा ९ अंकको फ्रान्स दोस्रो स्थानमा रह्यो । ४ अंकको बेल्जियम तेस्रो स्थानमा छ भने इजरायल बिना अंक पुछारमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *