चाँदनी युवा क्लब सेमिफाइनलमा

२०८१, २८ आश्विन सोमबार २१:११

पथरी | उर्लाबारीको चाँदनी युवा क्लब कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा लेटाङको बसन्त युवा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै चाँदनीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा चाँदनीका लागी बिशाल राईले गोल गरे । पहिलो हाफमा बिशालको गोल मार्फत अग्रता बनाएको चाँदनी सोहि निर्णायक गोल मार्फत सेमिफाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ दि म्याच गोलकर्ता बिशाल राई घोषित भए ।

मंगलबारको खेल हनुमान युनाईटेड र टाडि फुटवल क्लबबीच हुने छ । न्यु स्टार क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल कार्तिक ९ गते हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *