नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ ।
नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो ।
यो प्रतियोगिता अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण हो । विश्वकप भने आगामी सन् २०२५ मा चीनकै डालियन सहरमा हुँदैछ ।
यसै विश्वकप छनौट चरणका लागि नेपालको विश्वविद्यालय फुटबल टोलीको आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा आइतबार थापागाउँमा आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई बिदाई गरिएको हो ।
नेपाली टोली:
सन्तोष दहालको (कप्तान), चक्रराज बिडारी, नवीन न्यौपाने, दीपेश खड्का क्षेत्री, आशित थपलिया, हितेश पाण्डे, रुपेन्द्र फुयाल, सरोज उप्रेती, दिगम खड्का, रोशन खड्का, रामकृष्ण खत्री, सरोज गिरी, सारंश भट्टराई, सन्जोग पोखरेल, मनीष पौडेल, सन्जु तामाङ
टिम प्रशिक्षकमा अरबिन कोइराला, हेड अफ डेलिगेसन अशोक श्रेष्ठ र टिम म्यानेजर एकेन्द्र मल्ल पनि टोलीसँगै चीन जाँदैछन् । त्रिभुवन विश्वद्यालय (टियु)ले आयोजनामा भएको बिबिए कपमा च्याम्पियन र उपविजेता टिमका खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।

