बेलारूसकी अर्यना साबालेन्काले पहिलोपटक युएस ओपन टेनिसको उपाधि जितेकी छन्।

गत वर्षको फाइनलमा भोगेको पराजय बिर्साउँदै उनले यसपटक महिला एकलको उपाधि जितेकी हुन्।

उनी २०२३ मा कोको गफसँग पराजित भएकी थिइन्।

यद्यपि १२ महिनापछि बेलारुसकी साबालेन्काले अमेरिकाकी जेसिका पेगुला माथि ७-५२ ७-५ को रोमाञ्चक जित हात पारेर पहिलोपटक उपाधि जित्न सफल सफल भइन्।

जनवरीमा आफ्नो अष्ट्रेलियन ओपनको उपाधि सफलतापूर्वक रक्षा गरेपछि साबालेन्काका लागि यो तेस्रो ग्रान्डस्लाम एकल ट्रफी हो।

पेगुलामाथिको जितसँगै उनको प्रमुख टुर्नामेन्टहरूमा अपराजित दौड १४ खेलसम्म पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *