युएस ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगलको उपाधि विश्व नम्बर एक यानिक सिनरले पहिलो पटक जितेका छन् ।
अर्थर एश रंगशालामा आइतबार इटालियन स्टार सिनरले १२औं वरियताका अमेरिकी खेलाडी टाइलर फिट्जलाई ६-३, ६-४, ७-५ ले पराजित गरे ।
सिनरको यो वर्ष तथा करियरको दोस्रो ग्रान्डसलाम उपाधि हो । यसअघि उनले गत जनवरीमा वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।
यसैगरी महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबालेन्काले जितेकी छन् । उनले अमेरिकी खेलाडी जेसिका पेगुलालाई ७-५, ७-५ ले पराजित गरिन् ।
