स्पेनको एक अदालतले रियल मड्रिडका फुटबल स्टार भिनिसियस जुनियरलाई रंगभेदी दुर्व्यवहार गर्ने एक व्यक्तिलाई आठ महिनाको जेल सजाय सुनाएको छ।

क्लबले भनेको छ, ‘खेलाडीहरूको नैतिक निष्ठामा चोट पुऱ्याएलाई दोषी ठहराइयो।’ उक्त व्यक्तिले एन्टोनियो रुडिगरको इस्लामिक आस्थालाई बदनाम गर्न घृणित भाषाको पनि प्रयोग गरेको बताइएको छ।

सन् २०२३ को मे महिनामा स्पेनिस लिगखेलका क्रममा भिनिसियसलाई

रंगभेदी दुर्व्यवहार गरेको आरोपमा भ्यालेन्सियाका तीन समर्थकलाई गत जुनमा आठ महिनाको जेल सजाय सुनाइएको थियो । स्पेनमा व्यावसायिक फुटबलमा नस्लवादसँग सम्बन्धित मुद्दामा यो पहिलो सजाय थियो।

भिनिसियसलाई स्पेनमा अवे खेलको दौरान रंगभेदी दुर्व्यवहार गरिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *