जारी ललित स्मृति एन्फा यु-१८ युथ लिग मछिन्द्र फुटबल क्लब र जावालखेल युथ क्लबले बराबरी खेलेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा यी दुई टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा मछिन्द्र अंक बाँड्न बाध्य भएको हो।

मछिन्द्रका लागि अनिश थिङले १५ औं र कविर तामाङले ३८ औं मिनेटमा गोल गरे । यस्तै जावलाखेलका विवस दर्लामीले ७५ औं र अनिश चौधरीले ८४ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै मछिन्द्रले दुई खेलबाट ४ अंक जोडेको छ । यता जावलाखेलको समान खेलमा दुई अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *