स्विजरल्याण्डमाथि ट्राइब्रेकरमा जित निकाल्दै इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति भएको खेलमा स्विजरल्याण्डमाथि ट्राइब्रेकरमा ५-३ को जित निकाल्दै साविक उपविजेता इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको डस्सेलडोर्फ सहरस्थित मेरकुर स्पिइल एरिना रंगशालामा भएको खेल निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बियो ।
तर, त्यसमा पनि गोल ननिस्किदा खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।
इंग्ल्याण्डले सेमिफाइनलमा नेडरल्याण्ड्स र टर्कीएबीचको विजेतासंग खेल्नेछ ।
