विराटनगर । विराटनगरमा रहेको जेएनएल फुटसलको आयोजनामा सोमबारदेखि तेस्रो संस्करणको विराटनगर अन्तरवडा फुटसल प्रतियोगिता सुरु भएको छ ।

पहिलो दिन सोमबार समुह चरण र क्वाटरफाइनलका खेल सकिएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । प्रतियोगितामा साविक विजेता वडा नं. २, वडा नं. १२, वडा नं. १ र वडा नं. ८ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल वडा नं. २ र वडा नं. १२ बिच हुने भएको छ भने दोस्रो सेमिफाइनल वडा नं. १ र वडा नं. ८ बिच हुनेछ । फाइनल र सेमिफाइनल खेल तथा समापन समारोह भोलि मंगलबार हुनेछ । 

प्रतियोगितामा विराटनगरका १४ वटा वडाका टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *