मोरङ जिल्ला कोशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको च्याम्पियन बनेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डद्धारा आयोजित प्रतियोगिताको फाइनलमा मोरङले सुनसरीलाई ५६-२८ ले पराजित गर्यो ।
विजेता मोरङले १ लाख रुपैयाँ तथा उपविजेता सुनसरीले ५० हजार रुपैयाँका शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा कोशीका भोजपुर र खोटाङ बाहेक १२ वटा जिल्लाले सहभागिता जनाएका थिए ।
