स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

स्पेनले अब भोली हुने इल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ ।
