क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।
कोपा-अमेरिकाको ४८औं संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २-० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।
अर्जेन्टिनाको जितका लागि अल्भारेज र मेस्सीले १-१ गोल गरे ।

कोपा-अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा अमेरिकामा अर्जेन्टिनाको यो ४४औं सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा-अमेरिकाको उपाधि चुमिसकेको छ ।
अर्जेन्टिनाले अब भोली हुने उरुग्वे र कोलम्बियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
