इटालीकी जास्मिन पोओलिनी र चेक गणतन्त्रकी बारबोरा क्रेजिकोवा विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा भिड्ने भएका छन् ।

पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट २-६ ले गुमाएकी पोओलिनीले त्यसपछिका दुई सेट ६-४, ७-६ (१०-६) ले आफ्नो पक्षमा पारिन् ।

पाओलिनी लगातार दोस्रो ग्रान्डस्लाम प्रतियोगिताको फाइनल पुगेकी हुन् । यसअघि उनले फ्रेन्च ओपनको फाइनल पनि खेलेकी थिइन् ।

यता क्रेजिकोवाले पनि काजकिस्तानकी एलिना रेबकिनाविरुद्ध २-१ को पुनरागमन जित निकालिन् । पहिलो सेट ३-६ ले गुमाएकी क्रेजिकोवाले त्यसपछिका दुई सेटमा ६-३ ६-४ को सहज जित निकालेकी थिइन् ।

क्रेजिकोवाले दोस्रो पटक ग्रान्डस्लाम प्रतियोगिताको फाइनल प्रवेश गरेकी हुन् । यसअघि उनी सन् २०२१ मा फ्रेन्च ओपनको च्याम्पियन बनेकी थिइन् ।

फाइनल शनिबार लन्डनस्थित सेन्ट्रल कोर्टमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *