दुई पटकका च्याम्पियन राफेल नाडालले पेरिसमा हुने ओलम्पिकमा ध्यान केन्द्रित गर्न यस वर्षको विम्बल्डन नखेल्ने भएका छन् ।
३८ वर्षीय स्टार स्पेनिस नाडालले जुलाई २७ बाट सुरु हुने ओलम्पिकको तयारीका लागि स्विडेनमा हुने प्रतियोगितामा भाग लिने बताए।
नाडालले २००८ र २०१० मा जितेको विम्बल्डनको उपाधि जितेका थिए । वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन जुलाई १ देखि सुरु हुनेछ ।
२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले ओलम्पिकमा कार्लोस अल्कारेजसँग मिलेर डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।
