Month: २०८१, १० असार आईतवार २०:१०

एनओसी अवार्डमा एरिका र स्यान्टु उत्कृष्ट

नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको एनओसी अवार्ड २०२४ मा कराँतेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ उत्कृष्ट चयन भएका छन् । आइतबार आयोजित विशेष कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी…

राष्ट्रिय पौडी असार २२ देखि

काठमाडौँ । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला र उमेरसमूहमा…

सहाना प्रधान यू १९ भलिबलमा कोशीको सुखद सुरुवात

पहिलो सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फको खेलमा लुम्बिनी प्रदेशलाई हराउँदै कोशी प्रदेशले सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा कोशी…

पदक विजेता खेलाडीलाई बैंक खातामार्फत पुरस्कारको रकम दिने : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई आगामी वर्षदेखि बैंक खातामार्फत नै पुरस्कारको रकम दिने व्यवस्था मिलाइएको जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सरकारले पुरस्कारको घोषणा…

सेमिफाइनल प्रवेशका लागि वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै

आईसीसी पुरुष टी-द्वान्टी क्रिकेट विश्वकपअन्तर्गत भोलि बिहान वेस्ट इन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दैछ । सुपर ८ अन्तर्गतको समूह ‘२’ मा रहेका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल भोलि बिहान ६:१५…

कोपा अमेरिकामा ब्राजिलको खेल भोलि

‘कोपा अमेरिका २०२४’ मा भोलि सोमबार बिहान लुइस स्वारेजको टिम उरुग्वे र पानामाबीच खेल हुने छ । समूह ‘सी’ मा रहेका दुई टिमबीच नेपाली समयाअनुसार, बिहान ६:४५ बजेपछि अमेरिकाको हार्ड…

सुपर आठमा अष्ट्रेलियामाथि अफगानिस्तानको एतिहासिक जित

टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै एतिहासिक जित निकालेको छ । अफगानिस्तानले दिएको १४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रन बनाएर…

कोपा अमेरिका : भिएआर मेक्सिकोको पक्षमा जाँदा जमैका १-० ले पराजित

भिडियो असिस्टेन रेफ्रि (भिएआर) ले गोलको मान्यता नदिँदा जमैका कोपा अमेरिकाको पहिलो खेलमै जितबाट टाढिएको छ । एनआरजी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा जमैका मेक्सिकोसँग १-० गोलअन्तरले पराजित भएको हो…

कोपा अमेरिकामा भेनेजुएलाको पुनरागमन जित

भेनेजुएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भेनेजुएलाले २-१ ले पराजित गरेको…

युरोकपमा बेल्जियमको पहिलो जित, रोमानिया २-० ले पराजित

बेल्जियमले युरोकपमा पहिलो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रोमानियालाई २-० गोलअन्तरले पराजित गरेको हो। जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ। पहिलो खेलमा…