बेल्जियमले युरोकपमा पहिलो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रोमानियालाई २-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै समूह ‘ई’ मा रहेको बेल्जियमले तीन अंक जोडेको छ। पहिलो खेलमा बेल्जियम स्लोभाकियासँग १-० गोलअन्तरले पराजित भएको थियो। रोमानियाले भने युक्रेनलाई ३-० गोलले पाखा लगाएको थियो।

यो समूहबाट अन्तिम १६ मा पुग्न चारै टोलीको सम्भावना बराबर छ । यस खेलपछि चारै टोलीको समान तीन अंक रहेको छ ।
