सुनसरीको भलुवामा आजदेखि १० औं भलुवा गोड कप फुटबल प्रतियोगिता शुरु भएको छ।

दुहबी -७ भलुवा खेलमैदानमा भएको उद्घाटन खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई २-१ गोल अन्तरले पाखा लगाउदै गढी युथ स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलमा अग्रता राष्ट्रिय जागृती क्लबले लिएको थियो । पृथ्वी चौधरीले खेलको ८ औं मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

तर गढी युथका बिरेन्द्र लिम्बुले पहिलो हाफमा थप गरेको समयमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको ६३ औं मिनेटमा पुजन चौधरीले गोल गर्दै गढी युथलाई २-१ को अग्रता दिलाएका थिए।

त्यसपछि खेलमा कुनै गोल भएन र खेल गढी युथ स्पोर्टिङ क्लबले २–१ ले जित्यो।

खेलको म्यान अफ दि म्याच गढी युथ स्पोर्टिङ क्लबका खेलाडी बिरेन्द्र लिम्बु घोषित भए । उनलाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नगद ५ हजार तथा मेडल प्रदान गरे।

भोलीको दोस्रो क्वाटर फाइनल खेल रारा फुटबल क्लब राजारानी, धनकुटा र आयोजक गोल्डेन स्टार युथ क्लब भलुवाबीच हुनेछ।

यस अघि प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छादारले बेलुन उडाएर खेलको उद्घाटन गरेका थिए। कार्यक्रममा दुहबी ७ का वडा अध्यक्ष बिजय चौधरी, नगर उपप्रमुख मेनुका खतीवडा, प्रमुख प्रशासकीय अधिकृत हिमालय बराल, दुहबी ३ का अध्यक्ष माधव भण्डारी, ९ का अध्यक्ष मेहेदि हुसैन लगायत उपस्थिति रहेका थिए।

असार ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउने आयोजकले जानकारी गरायो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *