सुर्खेतको आरसी-३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा पराजित हुँदै उपविजेतामा सिमित बनेको छ।
लगनखेलस्थित आर्मी तालिम केन्द्रमा बुधबार सम्पन्न खेलमा सानेपा युवा क्लबसँग ३-२ गोलले पराजित भयो।
यो पराजयसँगै १३ खेलबाट २६ अंक रहेको आरसी- ३२ ले दोस्रो स्थानमा रहँदै यस सिजन अन्त्य गर्यो। १३ खेलबाट ३० अंक जोडेको बागमती युवा क्लब भने लिग च्याम्पियन बन्यो।
गत चैत २२ गतेबाट सुरु भएको यस प्रतियोगितामा आरसी-३२ ले १३ खेलमा आठ जित, दुई बराबरी र तीन हार ब्यहोरेको छ।
यो सिजन रानीवन स्पोर्टस क्लब र गोलबजार स्पोर्टस क्लब रेलिगेशनमा परे ।
