सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ

क्याम्पिङ वर्ल्ड स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीसँग १-१ गोलको बराबरी खेलको हो। खेलको १७ औं मिनेटमै रोड्रिगोले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। उनले राफिन्होको पासमा गोल गरे।

तर, नौ मिनेटपछि नै क्रिस्टियन पुलिसिकले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन। यसअघि ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।

उक्त खेलमा १७ वर्षीय एन्ड्रिकले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गर्दै ब्राजिललाई बराबरी हुनबाट जोगाएका थिए।

त्यसैगरी बुधबार राती भएको मैत्रीपूर्ण खेलमा चिलीले पराग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । जितका लागि भिक्टर डेभिलाले १७ औं र ३७ औं मिनेटमा गोल गरेका थिए । साथै एडुआर्डो वर्गासले ५३ औं मिनेटमा थप एक गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *