विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ ।
प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३- २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबै स्कुलले गोलरहित बराबरी खेलेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे । मोर्डन एराको तर्फबाट अमन माझी र सुमन उराउँले मात्र गोल गरे । प्लेर अफ द म्याच ग्यालसक्सी स्कुलका एमडी सादिज अफतार घोषित भए ।
फाइनल यात्राको लागि गोदावरी स्कुल र डिपिएस स्कुलबीच मंगलबार हुनेछ । गोदावरी र डिपिएसबीच हुने बिजेता टिम उपाधिको लागि ग्यालेक्सी स्कुलसँग भिड्नेछ ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गोदावरी स्कुलले सगरमाथा स्कुललाई सडेन डेथमा ८-७ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
दिल्ली पब्लिक स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ३-२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । यस खेलको पनि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।
प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ छ ।
