सलहेश युवा क्लब सुनसरीको भलुवामा जारी दशौं संंस्करणको भलुवा गोड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
दुहबी -७ भलुवा खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सलहेश युथ क्लब सिरहाले गढी युथ स्पोर्टिङ क्लब सुनसरीलाई २-० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।
शुक्रबार सम्पन्न खेलमा सलहेशका अरमाण्ड बिडुमले खेलको ११औं र ३९औं मिनेटमा दुई गोल गरे । त्यसपछि खेलमा कुनै पनि टोलीले गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच दुई गोल गरेका अरमाण्ड बिडुम घोषित भए । उनले नगद ५ हजार तथा मेडल प्राप्त गरे ।
सोमबार दोस्रो सेमिफाइनल खेल बिराटनगर सिटि फुटबल क्लब मोरङ्ग र रारा फुटबल क्लब राजारानी धनकुटाबीच हुनेछ ।
असार ४ गते सम्म सञ्चालन हुने प्रतियोगिता कुल आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद रु ४ लाख १ सय १ रुपौया सहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद रु २ लाख १ सय १ रुपैयामा सहित ट्रफि, मेडल तथा प्रमाण पत्र चित बुझाउनु पर्ने छ त्यस्तै खेलमा बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई आकषर्क पुरस्कार पाउनेछ ।
