तेह्रथुमको म्याङ्लुङमा हुने प्रदेश स्तरीय अन्तर जिल्ला नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” नाराका साथ असार ३ गते देखि ८ गते सम्म फुटबल प्रतियोगिता हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा तेह्रथुम जिल्ला खेलकुद विकास समिती संयोजनमा हुने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका लिग च्याम्पियन सहित ओखलढुंगा, तेह्रथुम र सोलुखुम्बुको टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको सह-आयोजकको रुपमा म्याङ्लुङ नगरपालिका, तेह्रथुम रहेको छ ।

तेह्रथुमको म्याङ्लुङ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल सोमबार विहान ७ बजे इलाम र उदयपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका व्यक्तिगत विधामा समेत पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ४० लाख खर्च हुने आयोजकको अनुमान छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *