सुनौलौ नेपाल विराटनगरको आयोजनामा आजदेखि दोश्रो वडा अध्यक्ष खुल्ला नकआउट फुटबल प्रतियोगीता शुरु हुन लागेको छ ।

जेष्ठ २८ देखि असार ११ गते सम्म हुने प्रतियोगिता १६ दिन सम्म चल्नेछ । विराटनगर महानगरपालिका वडा नं.१९ को आर्थिक सहयोगमा हुन लागेको उक्त प्रतियोगितामा कुल १६ वटा टोलीको सहभागीता रहनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले ३५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने खेल संंयोजक लक्ष्मण सरदारले जानकारी गराए ।

विराटनगर -१९ स्थित वैजनाथपुरको खेल मैदनमा उने प्रतियोगिताको उद्घाटन खेल आज दिउँसो ४ बजे कटहरी युवा क्लब कटहरी -५ र बास्ता युवा क्लब अमहीबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *