टप १६ ग्रान्ड मास्टर्स स्नूकर सुरु

२०८३, १३ श्रावण बुधबार १८:३३

काठमाडौं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप बुधबार सुरु भएको छ ।

काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको उद्घाटन दिनको पहिलो खेल नेपालका नम्बर एक खेलाडी वाङचु तामाङले जित प्राप्त गरेका छन् ।

समूह एमा तामाङले विनोद श्रेष्ठलाई बेस्ट अफ सेभेनको खेलमा ४–२ ले पराजित गरे । यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ ।

प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ । यसअघि प्रतियोगिताको उद्घाटन एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले गरेेका थिए।

यस प्रतियोगिताका संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यले यस प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण एन.आर.टी.को आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट भइरहेको जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेतालाई १,११,१११।– रुपियाँसहित च्याम्पियन ट्रफी, उपविजेतालाई ५१०००।– रुपियाँसहित ट्रफी तथा सेमीफाइनलिस्टद्वयलाई जनही २५००० हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ ।

यसैगरी सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही र ८० अङकभन्दा बढी हाइएस्ट ब्रेक गर्नेलाई २० हजार रुपियाँ दामाशाही र ट्रफी पुरस्कारस्वरुप दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *