मोरङ जिल्लास्तरीय ए डिभिजन लिगको आइतबार तेस्रो चरणको खेल सकिएका छन् ।

आइतबार भएका खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर, बेलबारी फुटबल क्लब बेलबारी, चार तारे युवा क्लब लेटाङ र मोतीराम स्पोर्टिङ क्लब विराटनगर विजयी भएका छन्।

बेलबारीस्थित बेलबारी खेल मैदानमा सम्पन्न पहिलो खेलमा सम्राटले मुनाल स्पोर्टिङ क्लब विराटनगरलाई ४-१ गोल अन्तरले पराजित गर्यो। सम्राटका कर्मा तामाङ, छविलाल ठकुरी, निशान्त राई र ओम अधिकारीले गोल गरे। मुनालका सन्दीप राईले सान्त्वना गोल फर्काए।

दोस्रो खेलमा बेलबारीले युनाइटेड स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्यो। बेलबारीका डेभिड मगर र जेनिल याक्खाले गोल गरे। पहिलो खेलको म्यान अफ द म्याच सम्राटका कर्मा तामाङ घोषित हुँदा दोस्रो खेलमा बेलबारीका सन्दीप कार्की म्यान अफ दि म्याच घोषित भए।

यसैगरी, विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा चार तारे युवा क्लब लेटाङले नव प्रगतिशील युवा समाज क्लबलाई ३-० गोल अन्तरले पराजित गयो। चार तारेका सागर तिवारीले ह्याट्रिक गोल गरे।

सोही मैदानमा भएको दोस्रो खेलमा मोतीराम स्पोर्टिङ क्लब विराटनगरले हरौचा स्पोर्ट्स क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्यो । मोतीरामका पारस लिम्बुले दुई गोल गर्दा, प्रसिद्ध राईले एक गोल थपे। हरौचाका रुपेशकुमार माझीले एक सान्त्वना गोल फर्काए।

पहिलो खेलको म्यान अफ द म्याच चार तारे युवा क्लबका सागर तिवारी घोषित भए भने दोस्रो खेलमा मोतीराम स्पोर्टिङ क्लबका पारस लिम्बू घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *