उरुग्वेले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । सोमबार बिहान भएको खेलमा पानामालाई ३-१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो ।
उरुग्वेको जितमा म्याक्सिमिलिआनो अरौजो, डार्विन नुनेज र माटिआस भिनाले समान एक गोल गरे ।

समूह ‘सी’ मा उरुग्वे र अमेरिकाको समान तीन अंक छ । बोलिभिया र पानामाले हारबाट प्रतियोगिताको सुरु गरेका छन् ।
