कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिकाले विजयी सुरुआत गरेको छ । समूह ‘सी’ को पहिलो खेलमा आज अमेरिकाले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टेक्सासमा भएको खेलमा अमेरिकालाई जिताउन क्रिष्टियन पुलिसिस र फ्लोरिन बालोगुनले एक एक गोल गरे ।

जितसँगै अमेरिका ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यो समूहमा उरुग्वे र पानामा पनि रहेका छन् । उरुग्वे र पानामको खेल पनि आज हुँदै छ ।
