जर्मन क्लब बायर लेभरकुसनले युरोपा लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा इटालियन टोली रोमाविरुद्ध २-० को जित निकालेको छ ।

रोमाको घरेलु मैदान ओलम्पिक रंगशालामा बिहीबार लेभरकुसनलाई जित दिलाउ फ्लोरियन विर्ज र रोबर्ट एन्ड्रिचले गोल गरे।

खेलको २८औं मिनेटमा विर्जको गोलमार्फत लेभरकुसनले अग्रता लियो । उनले एलेक्स ग्रिमाल्डोको पासलाई सदुपयोग गरे ।

एन्ड्रिचले ७३औं मिनेटमा गोल गर्दै लेभरकुसनलाई २-० को जित दिलाए । एन्ड्रिचलेजोसिप स्टानिसिकको पासलाई पोस्टको दिशा दिए ।

अब दोस्रो लेग लेभरकुसनको घरेलु मैदान बे एरिनामा आगामी बिहिबार हुनेछ ।

सेमिफाइनल अन्तर्गकै अर्को खेलमा फ्रेन्च टोली मार्से र इटालियन क्लब एटलान्टा १-१ को बराबरीमा रोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *