लन्डन क्लब चेल्सीले इङ्ग्लिस प्रिमियर लिगमा पाँचौं स्थानमा रहेको टोटेनह्यामलाई पराजित गरेको छ।
स्ट्यामफोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली चेल्सी २-० गोल अन्तरले विजयी भएको हो। हारसँगै टोटनह्याको च्याम्पियन्स लिगमा पुग्ने सम्भावनामा धक्का लागेको छ।
जितसँगै चेल्सी आठौँ स्थानमा उक्लिएको छ। ३४ खेल खेलेको चेल्सीको ५१ अंक रहेको छ। समान खेल खेलेको टोटेनह्याम ६० अंकसहित पाँचौं स्थानमा छ।
यस्तै, चौथो स्थानमा रहेको एस्टन भिल्लाको ३५ खेलबाट ६७ अंक रहेको छ। चेल्सीको जितमा ट्रेभो चालोबा र निकोलस ज्याक्सनले गोल गरे।
खेलको २४औं मिनेटमै कोनोर गाल्लाघेरको पासमा ट्रेभोले गोल गरेका थिए। ७२औं मिनेटमा निकोलसले गोल गर्दै चेल्सीलाई जितसँगै एक अंक तालिकामा एक स्थान माथि चढाए।
