शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र सानेपा क्लबले अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा महावीर र सानेपाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

बराबरीसँगै महावीर ८ खेलबाट ९ अंक जोड्‌दै १० औं स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंक जोडेको सानेपा आठौँ स्थानमा यथावत् छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *