शहीद स्मारक ‘सी’ डिभिजन लिगमा बागमती युवा क्लब र खालीबारी युवा क्लबले अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा बागमती र खालीबारीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
बराबरीसँगै बागमती ८ खेलबाट १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंक जोडेको खालीबारी १० औंश स्थानमा छ।
