साउदी प्रो लिग : अल इतिहाद पराजित

२०८१, २२ बैशाख शनिबार ०४:१८

रेलिगेशन जोनमा रहेको आभाले साउदी प्रो लिगमा अल इतिहादलाई पराजित गरेको छ।

प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा आभाले पाहुना टोली इतिहादलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको ५७औं मिनेटमा ग्रेजगोर्ज क्रिचोवियाले पेनाल्टीमा गोल गर्दै आभालाई शुरूआती अग्रता दिलाएका थिए। ६३औं मिनेटमा इतिहादलाई खेलमा फर्किने अवसर जुरेको थियो। तर, जोटाले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्।

त्यसको एक मिनेट नहुँदै जोटाले गोल गर्दै इतिहादलाई खेलमा फर्काए। तर, त्यसको ६ मिनेटपछि नै मेसल अल मुतैरीको पासमा हसन अल अलीले गोल गर्दै आभालाई २- को अग्रता दिलाए।

७३औं मिनेटमा फेबियन नोगुएराले गोल गर्दा आभा खेलमा ३-१ ले विजयी भयो।

जितसँगै १६औं स्थानमा रहेको आभाको ३० खेलबाट २८ अंक पुगेको छ। पाँचौँ नम्बरमा रहेको इतिहादको समान खेलबाट ५० अंक रहेको छ।

प्रकाशित मितिः वैशाख २२, २०८१⏱️ १०:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *