प्रतियोगिता आयोजक जर्मनीले युरो कप खेल्ने टोली घोषणा गरेको छ । अर्को महिनाबाट जर्मनीमै युरो कप फुटबल सुरु हुँदैछ । प्रतियोगिता आयोजक देशको नेतृत्व जुलियन नागेल्सम्यानले गर्दैछन् । उनले आज २७ जना खेलाडीलाई समावेश गर्दै युरो कप खेल्ने अन्तिम टोली घोषणा गरेका हुन् । यसअघि २३ जना खेलाडी मात्रै टोलीमा राख्न पाइने नियम रहेकोमा युईएफएले केही दिनअघि मात्रै ३ जना थपेर बढीमा २६ जना खेलाडी टोलीमा समावेश गर्न पाइने नियम बनाएको थियो ।

तर जर्मन टिममा भने २७ जना खेलाडी समावेश छन् । युरो कप सुरु हुँदासम्म यो टिमबाट १ जना खेलाडीको नाम कटौती गरिनेछ । टिममा २६ भन्दा बढी खेलाडी राख्न पाइँदैन । घोषित टोलीमा जर्मनीका विभिन्न ७ जना स्टार खेलाडी समावेश छैनन् । केही युवा र यस सिजन चम्किएका खेलाडी पनि जर्मन टिममा सामेल छैनन् । लामो समयपछि अनुभवी मिडफिल्डर टोनी कुसले राष्ट्रिय टोलीमा कमब्याक गर्दा केही राम्रा खेलाडी छुटेपछि धेरैले यसलाई अप्रत्यासित मानेका छन् ।

टोलीमा नपर्ने प्रमुख खेलाडीहरूमा जर्मनीकै क्लब बोरुसिया डर्टमुन्डबाट खेलिरहेका ३५ वर्षका डिफेन्टर म्याट्स हुमेल्स छैनन् । डर्टमुन्डलाई च्याम्पियन्स लिगको फाइनल पुराउने क्रममा उनले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । त्यसैगरी, बार्यन म्युनिखबाट खेल्न लियोन गोरेट्जा र डर्टमुन्डबाट खेल्ने जुलियन ब्रान्डट पनि टिममा परेका छैनन् । डर्टमुन्टबाटै खेल्ने निकोलस सुले पनि युरो कप टिममा पर्न सकेनन् । उनी डर्टमुन्डका प्रमुख डिफेन्डर हुन्

डर्टमुन्डबाटै खेल्ने युवा विंगर करिम एडेमी पनि टिममा छैनन् । इंग्लिस क्लब टोटनह्यामबाट खेल्दै आएका टिमो वार्नरलाई पनि युरो कप खेल्ने टिममा राखिएन । बार्यन म्युनिखबाट खेल्न सर्जी गेनाब्री चोटका कारण टोलीमा पर्न सकेनन् । यसरी छुटेका ७ जना खेलाडी मध्ये निकोलस सुले, गोरेट्जा, एडेमी र वार्नर महत्त्वपूर्ण खेलाडी हुन् । यी खेलाडीको आवश्यकता जर्मनीलाई ख‌ड्किन सक्छ । यता, गोलकिपरमा म्यानुएल निउर र मार्क आन्द्रे टर स्टेगेन दुवै डाकिएका छन् ।

रक्षापंक्तिमा जोसुवा किमिच, एन्टोनियो रुडिगर लगायत खेलाडी पर्दा मिडफिल्डमा इल्के गुन्डोगान, टोनी कुस, जमल मुसियाला, लिरोए साने र फ्लोरियन विर्टज परेका छन् । फ्रन्ट लाइनमा काई हाभर्ज, निकलस फुलकुग, थोमस मुलर लगायत खेलाडी परेका छन् । जुन १४ बाट सुरु हुने यरो कपको उद्घाटन खेल नै जर्मनी र स्कटल्यान्ड बीच हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *