स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ ।
बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २-० को सहज जित दर्ता गरेको हो। फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गराए ।
यस दुई गोलसँगै बार्सिलोनाकै एकेडेमीका फर्मिनले सिनियर टोलीमा पहिलो सिजन बिताइरहँदा सबै खाले प्रतियोगितामा कुल १० गोल पु¥याएका छन् ।
यस जितले यो सिजन बार्सिलोना दोस्रो स्थानमा रहने सुनिश्चित जस्तै भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३६ खेलबाट ७९ अंक पुगेको छ । समान खेलबाटै तेस्रो स्थानमा रहेको जिरोनाको ७५ अंक छ । पराजित अल्मेरिया १७ अंकसहित पुछारमा छ ।
अब दुई राउन्डको खेल बाँकी रहँदा जिरोनाभन्दा बार्सिलोना ४ अंकले अगाडि छ । जिरोनाले बाँकी दुई खेलमा जित र बार्सिलोनाले दुवै खेलमा अंक गुमाएको स्थितिमा मात्रै बार्सिलोना तेस्रो स्थानमा पुग्नेछ । कीर्तिमानी ३६औं पटक ला लिगा च्याम्पियन बनिसके रियलको ९३ अंक छ ।
अब दुई राउन्डको खेल बाँकी रहँदा जिरोनाभन्दा बार्सिलोना ४ अंकले अगाडि छ । जिरोनाले बाँकी दुई खेलमा जित र बार्सिलोनाले दुवै खेलमा अंक गुमाएको स्थितिमा मात्रै बार्सिलोना तेस्रो स्थानमा पुग्नेछ । कीर्तिमानी ३६औं पटक ला लिगा च्याम्पियन बनिसकेको रियलको ९३ अंक छ ।
ला लिगाकै अर्को खेलमा रियल सोसिडाडले भ्यालेन्सियालाई १-० ले पराजित गर्दा लास पालमास र रियल बेटिसले २-२ गोलको बराबरी खेल्दै अंब बाँडेका छन् ।
