पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् ।

उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् । गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् ।

बिजनेस म्यागजिन फोर्ब्सका अनुसार ३९ वर्षीय पोर्चुगल फरवार्डले पछिल्लो १२ महिनामा १ सय ३६ मिलियन डलरदेखि २ सय ६० मिलियन डलर कमाएका छन् ।

रोनाल्डोका अर्जेन्टिनी प्रतिद्वन्द्वी लियोनल मेस्सी तेस्रो स्थानमा झरेका छन् । यो सुचीमा गल्फका जोन रहम दोस्रो स्थानमा उक्लिएका छन् ।

स्पेनिस गल्फरले साउदी अरबको सहयोगमा भएको लिभ गल्फ टूरपछि २ सय १८ मिलियन डलर कमाई गरेको रिपोर्ट छ । साउदी प्रो लिगमै प्रस्थान गरेपछि ब्राजिली फुटबलर नेयमार र फ्रान्सेका करिम बेन्जेमा पनि फोर्ब्सको शीर्ष १० मा अटाएका छन् ।

जियानिस एन्टेटोकोनम्पो पाँचौं स्थानमा रहँदा उनका सहयात्री बास्केटबलका स्टारहरु लेब्रोन जेम्स चौथो र स्टेफन करी नवौं स्थानमा छन् । अमेरिकी फुटबलर लामार ज्याक्सन शीर्ष १० मा अटाएका छन् ।

फोब्सका अनुसार, विश्वका १० सबैभन्दा धेरै कमाउने एथलीटहरूले विगत १२ महिनामा कर र एजेन्टको शुल्कअघि सामूहिक रूपमा १.३८ बिलियन कमाएका छन् । जुन अहिलेसम्मकै उच्च हो ।

सन् २०२४ मा सबैभन्दा धेरै कमाउने विश्वका शीर्ष १० खेलाडीहरू

१. क्रिस्टियानो रोनाल्डो, फुटबल २६० मिलियन डलर

२. जोन रहम, गल्फ २१८ मिलियन डलर

३. लियोनेल मेस्सी, फुटबल १३५ मिलियन डलर

४. लेब्रोन जेम्स, बास्केटबल १२८.२ मिलियन डलर

५. जियानिस एन्टेटोकोनम्पो, बास्केटबल १११ मिलियन डलर

६. केलियन एमबाप्पे, फुटबल ११० मिलियन डलर

७. नेयमार, फुटबल – १०८ मिलियन डलर

८. करिम बेन्जेमा, फुटबल १०६ मिलियन डलर

९. स्टेफन करी, बास्केटबल १०२ मिलियन डलर

१०. लामार ज्याक्सन, अमेरिकी फुटबल १००.५ मिलियन डलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *