जर्मन महारथी बायर्न म्युनिख बुडेसलिगाअन्तर्गत खेलमा भिएफबी स्टुटगार्डसंग पराजित भएको छ ।

सनिवार राति भएको खेलमा जारी सिजन खराब लयबाट गुर्जिरहेको बायर्न म्युनिख भिएफबी स्टुटगार्डसंग ३-१ ले पराजित भएको हो ।

स्टुटगार्डको घरेलु मैदान टोबियास एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा लियोनिदास स्टेर्गिउ, जियोङ उ योङ र सिलास काटोम्पा एमभुम्पाले समान एक-एक गोल गरे । पराजित म्युनिखका लागि ह्यारी केनले एक गोल फर्काए ।

पहिलो हाफको २९ औं मिनेटमा डेनिज उन्डभको पासमा स्टेर्गिउले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३७ औं मिनेटमा केनले पेनाल्टीमा गोल फर्काउँदा खेल १-१ को बराबरीमा आयो ।

यता, दोस्रो हाफको ८३ औं मिनेटमा सिलासको पासमा जियोङले गोल गर्दा घरेलु टोली २-१ ले अघि बढ्यो । त्य्स्तै, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा सिलासले गोल थप्दा स्टुटगार्ड ३-१ ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै स्टुटगार्डले ३२ खेलबाट ६७ अंक जोड्‌दै लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ । पराजित म्युनिखको भने समान ३२ खेलमा ६९ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *