बार्सिलोनाको हारसँगै रियल म्याड्रिडले २०२३/२४ सिजनको स्पेनिश शीर्ष डिभिजन लालिगाको उपाधिको जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४-२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो ।
बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। चौथो मिनेटमा नै आर्टम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे ।
पहिलो हाफको अन्त्यतिर पेनाल्टी मार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल खाना पुग्यो ।
६५औं मिनेटमा क्रिस्टियन पोर्टुले जिरोनाका लागि पुनः बराबरी गोल गरे । ६७औं लिने मिगेल गुटीएरेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । ७५औं मिनेटमा पोर्तुले उत्कृष्ट गोल सहित जिरोनाका लागि चौथो गोल गरे ।
रियलको ३४ खेलमा ८७ अंक रहेको छ । जिरोना दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । बार्सिलोनाले जिरोना विरुद्धको खेलमा जित हासिल गर्न नसके रियलको उपाधि पक्का हुने थियो । बार्सिलोनाले हार बेहोरेसँगै रियलको उपाधि पक्का भएको हो ।
रियलले आज नै भएको खेलमा काडिज विरुद्ध ३-० को जित हासिल गरेको थियो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्ङ्घम र जोसेलुले एक एक गोल गरे ।
रियलको यो कीर्तिमानी ३६ पटक स्पेनिश लिग उपाधि हो। दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ पटक उपाधि रहेको छ ।
