साउदी अरब प्रो लिग च्याम्पियन अल हिलालसँग रोनाल्डोको अल नासर रोकिएको छ।

अल नासरको घरेलु मैदान अल अव्वल स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा नासर १-१ गोलको बराबरीमा रोकिएको हो।

बराबरीसँगै ३२ खेलबाट ७८ अंक रहेको अल नासर दोस्रो तथा समान खेलबाट ९० अंकसहित अल हिलाल शीर्ष स्थानमा छ। यस सिजनको उपाधि भने अल हिलालले जितिसकेको छ।

खेलको पहिलो मिनेटमै कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा ओटाटिभोको गोलमा अग्रता बनाएको अल नासरले खेलको अन्त्य तीर गोल खाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *