२२ वर्षीय कोल पाल्मर प्रियिमर लिगको सर्वोत्कृष्ट युवा खेलाडी बनेका छन्।

भोटिङका आधारमा पूर्वटिममेट म्यान्चेस्टर सिटीका फिल फोडेन, अर्लिङ हालान्ड, आर्सनलका बुकायो साका र विलियम सलिबा, न्युकासलका अलेजान्डर इसाक, म्यान्चेस्टर युनाइटेडका कोबी माइनु, टोटनहमा डेस्टिनी उडोगीलाई पछि पार्दै पाल्मर प्रिमियर लिगको सर्वोत्कृष्ट युवा खेलाडी बनेका हुन्।

सिजनको सुरुआतमा म्यान्चेस्टर सिटी छाड्दै चेल्सी पुगेका पाल्मरले यो सिजन उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले प्रिमियर लिगमा ३२ खेल खेल्दै २२ गोल र १० असिस्ट गरेका छन् ।

उनी प्रिमियर लिगको गोल्डेन बुटको रेसमा सिटीका हालान्डभन्दा मात्र पछि छन्। हालान्डले २७ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *