एस्टन भिल्ला युरोपा कन्फ्रेन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ।

करैसकाकिस स्टेडियममा शुक्रबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली ओलम्पियाकोससँग २-० गोल अन्तरले पराजित हुँदै भिल्ला प्रतियोगिताबाट बाहिरिएको हो।

समग्रमा भिल्ला ६-२ गोल अन्तरले पराजित भयो। पहिलो लेगमा भिल्ला ४-२ गोल अन्तरले पछि परेको थियो।

ओलम्पियाकोसको लागि दुवै गोल अयुब काबीले गरे। उनले खेलको १० र ७८औं मिनेटमा गोल गरेका थिए।

जितसँगै ओलम्पियाकोसले फ्लोरेन्टिनासँग फाइनलमा भेट पक्का गरेको छ । प्रतियोगिताको उपाधी भिडन्त ३० मे मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *